इरानको मध्य भागमा विस्फोट

   माघ १५, २०७९  
138 Shares

तेहरानं, १५ माघ । इरानको मध्य भागमा रहेको सैनिक इलाकामा विस्फोट भएको छ । सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने केन्द्रमा विस्फोट भएको हो ।
रक्षा मन्त्रालयका अनुसार मानवरहित ड्रोनबाट यो हमला भएको छ । रक्षा मन्त्रालयले तीन वटा ड्रोनबाट आक्रमण भएको थियो । जसमध्ये दुई वटा ड्रोनलाई एअर डिफेन्स सिस्टमले ध्वस्त गरिदिएको छ ।
रक्षा मन्त्रालयले यसबाट एउटा वर्कसपको छतमा सामान्य क्षति पुगेको र कुनै पनि जनधनको क्षति भएको छैन । परमाणु कार्यक्रम सञ्चालित इस्फहान शहरमा युरेनियम प्रशोधन केन्द्रसमेत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै