अयोध्यामा लगिने देव शीला जनकपुरधाम ल्याइए

131 Shares

जनकपुरधाम १५ माघ । भारतको उतर प्रदेश अयोध्यामा लगिने देव शीला जनकपुरधाम ल्याइएको छ ।
अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि नेपालको श्री कृष्णा गण्डकी तटबाट विधिपूर्वक शिला ल्याइएको हो ।
देव शिला जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको लागि राखिएको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतोलगायतले पूजा अर्चना गरेमा दर्शनको लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भिड लागेको छ ।

सम्बन्धित समाचार