रौतहट, १० असोज । रौतहटको गरुडा नगरपालिका स्थित श्रीराम सुगर मिल्सका संचालन गर्नुपार्ने अडान राख्दै उखु उत्पादक संघको नेतृत्वमा उँखु किसान सहित चिनीमिलमा कार्यरत कर्मचारीहरुको भुक्तानीको माग गर्दै शनिवार १ घण्टा चक्का जाम गरेर विरोध प्रदर्शन गरेका छन् ।.
जिल्लाको धरोरहको रुपमा रहेको चिनीमिलका संचालकले उखु किसान र कार्यरत मजदुर कर्मचारीको हितलाई ध्यान नराखी आफूखुशी छलफल नै नगरी एकतर्फी रुपमा मिल्स बन्द गर्ने निर्णय विरुद्ध उखु किसान सहित चिनीमिलमा काम गर्ने कर्मचारीहरु संयुक्त रुपमा संघको अगुवाईमा चिनीमिलको १ नम्बर गेट अगाडी गौर चन्द्रपुर राजगमार्गलाई १ घण्टा अबरोध गरी विरोध प्रदर्शन गरेका हुन् ।
उखु उत्पादक संघ रौतहटका बरिष्ठ उपाध्यक्ष रामप्रमोद प्रसाद यादवको नेतृत्वमा भएको चक्काजाम कार्यक्रममा पुर्व सांसद बबन सिंहले चिनीमिलमा विशाल ग्रुपको संलग्नता भए देखिनै चिनीमिलको जग्गा बेच्ने मन्सायले चिनीमिल बन्द गरेको आरोप लगाए । जिल्लाका जनप्रतिनीधीहरुलाई चिनीमिललाई बचाउन पहल गर्न तथा किसानको यथाशिघ्र भुक्तानी गराउन पहल गरिदिन हुन अनुरोध गरे ।
संघिय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थामा किसान मजदुर कर्मचारीको हक हितमा ध्यान केन्द्रीत गर्नुपर्ने संघिय र प्रादेशिक सरकार व्यवसायीको हितमा लागेको हुँदा उखु किसान र कार्यरत मजदुर कर्मचारीहरु सडकमा उत्रनु परेको विडम्बना रहदा राजनितिक दलहरु यसमा जोडदार रुपमा पहद गर्नुपर्ने नितान्त आवश्यक रहेको बताए ।
देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलले चिनी मिल जुन सुकै अवस्थामा संचालन गर्न तथा किसानको बाँकी बक्यौता भुक्तानी यथासिघ्र गर्नु पर्ने माग गरे । चिनी मिल गरुडाको मात्र नभई सम्पुर्ण जिल्लाबासीको धरोहर रहेको हुँदा यो सवैको प्रतिष्ठा संग जोडिएको बिषय रहेको हुदा संचालन गराउने तर्फ जस्तो सुकै कदम उठाउन आग्रह गरे । जनता समाजवादी पार्टीको प्रदेश नम्बर २ को सदस्य तथा जिल्ला इन्र्चाज बृजकिसोर प्रसाद यादवले श्रीराम सुगर मिल्समा नयाँ पार्टनर चाउँचाउँ विस्कुट बनाउने व्यक्तिले किसानको परिमर्का बुझन सक्दैन, चिनीमिलको जग्गा बेच्ने दाउमा रहेको मालिकले जग्गा बेच्ने दाउँ छोडे हुन्छ भन्दै किसानको जग्गामा चिनी मिल संचालन गर्न कौडीको मूल्यमा दिएको हुनाले यदी मिल्स संचालन भएन भने किसान संग जग्गा किनेको छ त्यसलाई नै र्फिता गर्नु पर्ने अडान लिए ।
चिनी मिल कर्मचारी युनियनका अध्यक्ष मनिलाल सहनीले मिल बन्द गरेको सुचना टाँस गरेपछि मात्र काम गर्ने कर्मचारीहरुलाई थाहा भएको हुँदा यसमा काम गर्ने कर्मचारीहरु अन्यौलमा परेका छन् । कार्यरत कर्मचारीहरु विगत ६ महिना देखि तलब पाएको छैन भने १८ महिना देखि कर्मचारीहरुको संचयकोष समेत मिल्स व्यवस्थापन पक्षले नपठाएको गम्भीर आरोप लगाउदै मिलबाट अबकास प्राप्त कर्मचारीले पाउनु पर्ने उपादान समेत नदीई एकतर्फी रुपमा उद्योग बन्द गरे पनि हामी रेगुलर कार्य गर्ने कर्मचारीहरु उद्योगमा प्रत्येक दिन उपस्थित भइरहेको कुरा स्पष्ट पारे ।