राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग

   माघ १५, २०७९  
132 Shares

काठमाडौं, १५ माघ । नेपाली कांग्रेसको उपसभापति पूर्णबहादुर खडकाले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेको छ ।
उनले आज टवीट गर्दै फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
उपसभापति पूर्णबहादुर खडकाले लेखेका छन्, ‘दायाँवायाँ नसोची, नहेरी ! फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै