गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित

   माघ १५, २०७९  
124 Shares

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डको बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन् ।
आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भने, ‘तपाईहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ ।
यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ । तपाईहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत यसको प्रक्रिया बुझ्नुस् । सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध छ ।
प्रधानमन्त्रीले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए । उनले भने, ‘गंगालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ । जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन् ।
हामीले निकै मेहेनत गरेर नयाँ संविधान जारी गरेका छौँ । संविधानमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको छ । संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिवद्ध गरिएको छ । तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुनहरू बनाउन बाँकी नै छ । नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसदमा पेश गर्ने प्रक्रियामा छ । तपाईहरू सामु म यो विश्वास दिलाउन चाहन्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै