नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताल सहितका कारबाही गर्ने

   माघ १५, २०७९  
179 Shares

काठमाडौं, १५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पताल सहितका स्वास्थ्य संस्थाहरु माथि कारबाही गर्ने चेतावनी दिएका छन् ।
न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री गिरीले त्यस्ता निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरु माथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने बताएका हुन् ।
काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले आफूले मासिक ८ हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल अनुगमन गर्ने घोषणा गरे ।
मन्त्री गिरीले नर्सहरुको श्रम शोषण गर्ने अस्पताल सहितका स्वास्थ्य संस्थाहरुको नवीकरण नगर्ने देखि लिएर संस्थानै खारेज गर्न सरकार बाध्य हुनेतर्फ पनि सचेत गराए ।
मन्त्री गिरीले कोभिड कालमा नर्सहरुले आफ्नो जीवनलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै उनीहरूलाई आवश्यक तलब भत्तासहितको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै