इन्स्पेक्टर भूपेन्द्र बुढाथोकीले युटयुबबाट सिल्भर बटन प्राप्त गरे

163 Shares

काठमाडौँ, १५ माघ । प्रहरी निरीक्षक तथा गीतकार भूपेन्द्र बुढाथोकी मानिस अमर नभएपनि उसका गीतसंगीत सधैँ रहिरहने बताउँदै छ ।
भूपेन्द्र बुढाथोकी युटयुब च्यानलको सस्क्राइबर एक लाख पुगेर सिल्भर प्ले बटन प्राप्त गरेका खुसी शेयर गर्दै सामाजिक संजालमा यो विचार राखेको हो ।
उनले आफ्नै नामबाट यो युटयुब पैसा कमाउन खोलेको भने होइन । नाम कमाउने, गीत सधैँ रहने उद्देश्यले युटयुब बनाएका हुन् । यसबाट उनले अहिलेसम्म केही पैसा पनि प्राप्त गरेका छैनन् ।
सस्क्राइबरको खुसीमा उनले लेखेका छन्, ‘यो मेरो प्रोफेसन त होइन, म एउटा राष्ट्र सेवक कर्मचारी प्रहरी इन्स्पेक्टर भएता पनि मैले फुर्सदमा लेख्ने गरेका मेरा केही गीतहरू जसमा मैले राष्ट्रिय अवार्ड समेत पाउन सफल भए ।

सम्बन्धित समाचार