बलात्कार मुद्दाको प्रक्रिया अगाडि बढाउने माग

   माघ १५, २०७९  
133 Shares

काठमाडौँ, १५ माघ । सन्दीप लामिछानेलाई थुनामै राखेरे नाबालिक बलात्कारको मुद्दा प्रक्रिया अगाडि बढाउने माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।
उच्च अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाडने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको प्रवक्ता सञ्जिवराज रेग्मीले बताए ।
उनका अनुसार गत बिहीबार नै महान्यायाधीवक्ताको कार्यालयले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने निर्णय गरेको हो ।
ढिलोमा भोलि सम्म सर्वोच्चमा हाम्रो निवेदन दर्ता भइसकेछ,’ उनले भने । केन्यामा भएको क्रिकेट म्याच खेल्न जानुअघि नाबालिगलाई तिलगंगा स्थित एक होटलमा लगेर बलात्कार गरेको लामिछाने माथि अभियोग लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै