रौतहट, १५ माघ । रौतहटको सदरमुकाम गौरमा विष्णु महायज्ञ तथा अन्तरराष्ट्रिय संत सम्मेलनलाई भव्य रुपमा सम्पन्न गराई सनातन धर्मलाई जोगाउन समस्त हिन्दु धर्मावलम्बीहरु संग महायज्ञ आयोजक समितिले अपिल गरेको छ ।
गौर राईस मिल्सको मैदानमा फगुन ४ गते देखि ११ गते सम्म हुने विष्णु महायज्ञ तथा अन्तरराष्ट्रिय सन्त सम्मेलनलाई सभ्य एवं भव्य रुपमा सम्पन्न गराउन समस्त रौतहटबासीको कत्र्तव्य रहेको कुरा आयोजक समितिका अध्यक्ष पवन साहले आईतवार यज्ञस्थलमा आयोजित पत्रकार सम्मेलन मार्फत समस्त भत्तजन तथा हिन्दुधर्मावलम्बीहरु संग नम्र निवेदन गर्दै यज्ञलाई सफलताको शिखरमा पुर्याउन अपिल गरेको हो ।
विष्णु महायज्ञ तथा अन्तरराष्ट्रिय सन्त सम्मेलन सम्पन्न गराउन २ करोड ५४ लाख रकम खर्च हुने अनुमान गरिएको छ । ९ तल्ले यज्ञ भवन, ५१ कुण्डी यज्ञशाला, १०८ क्वीन्टल सामग्रीको यज्ञमा आहुती दिने तथा विभिन्न मुर्ती कलाकृतिका साथै, सदर्शन जी महाराज, अवधेजी महाराज महामण्डेलेश्वर लगायतका विभिन्न प्रसिद्ध महापुरुषद्धारा कथा वाचन गरिने भएकाृ हुँदा यस यज्ञलाई सफल बनाउन समस्त रौतहटबासी संग अपिल गरिएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यज्ञको मुख्य सन्तले सनातन हिन्दु धर्मको जगेर्ना गर्न तथा धर्मको रक्षार्थ यस्ता कार्यक्रम नेपाल र भारतमा संचालन गर्दै आईरहेको बताए । हिन्दुहरुको आस्थाको केन्द्रविन्दु नेपाल रहेको हुँदा यस पवित्र भमिबाट सनातन धर्मको संरक्षण कार्य अघि बढाइएको बताए ।