महेन्द्रनगर ईलाका प्रहरी कार्यालयबाट ६ जना थुनुवा फरार

225 Shares

जनकपुर, १६ माघ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट ६ जना फरार भएको छ ।
विभिन्न अपराधी घटनामा पक्राउ परेका ७ जना मध्य ६ जना फरार भएको प्रहरीले जनकारी दिए । फरार भएको विनोद कुमार शर्मा, अमित मण्डल, रोशन यादव, हरिवित सिंह, रोशन महतो र शंकर सिंह रहेका हुन् ।
क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर विच बजारमा रहेको ईलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट आइतवार राति करिब १ बजे थुनुवा कक्ष भित्र रहेको शौचालयको भेन्टिलेटर फोरेर फरार भएको प्रहरीले जानकारी दिए ।
उनीरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारीदिए ।

सम्बन्धित समाचार