समाचार लेखेकै भरमा उज्यालो डटकमका २ पत्रकार पक्राउ

   १२ बैशाख २०७८, आईतवार १६:२०  

तराई टप संवाददाता
काठमाडौं, १२ वैशाख । जिल्ला प्रहरी परिसर काठमाडौंले समाचार लेखेकै निहुँमा उज्यालो नेटवर्क डटकमका २ जना पत्रकारलाई संचार गृहमा पुगेर पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई आईतवार दिउसो पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पक्राउ परेका व्यक्तिविरुद्ध साइबर अपराध, किर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसुर जस्ता अभियोगमा अनुसन्धान हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था “र” का प्रमुखबीच चारबुँदे गोप्य सहमति भएको भनेर लेखेको हुनाले ति कसुर लागेको एसएसपी सिंहको दाबी छ ।
प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि उज्यालो नेटवर्कले उक्त समाचार हटाएर माफी मागेको थियो । उच्च अदालत, पाटनले पनि समाचारको विषयमा पत्रकारलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएपनि पक्राउ गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै