काठमाडौँ, १६ माघ । सन् १९४८ मा आजकै दिन (जनवरी ३०) मा भारतीय स्वतन्त्रता आन्दोलनका अगुवा, राजनीतिज्ञ तथा आध्यात्मिक नेता महात्मा गान्धीको हत्या भएको थियो ।
भारतमा ब्रिटिस शासनविरुद्ध अहिंसात्मक आन्दोलनमा अगुवा गरेको गान्धीले दक्षिण अफ्रिकामा समेत नागरिक अधिकारका लागि वकालत गरेका थिए । भारतमा उनलाई राष्ट्रपिताका नाममा सम्मान गरिन्छ ।
गान्धी सन् १८६९ को अक्टोबर २ मा भारतको पोरबन्दरमा जन्म भएको थियो । उनका पिता करमचन्द गान्धी पोरबन्दर तथा पश्चिम भारतको अन्य राज्यका मुख्यमन्त्री थिए । कानुन अध्ययन गरेका महात्मा गान्धीले ब्रिटिस संस्थाहरू बहिष्कारविरुद्ध संगठित अभियान चलाएका थिए । त्यसका साथै उनले शान्तिपूर्ण नागरिक अवज्ञाको नेतृत्व लिएका थिए ।
उक्त संगठनले गान्धी माथि मुस्लिम समर्थक र पाकिस्तान प्रति नरम भएर हिन्दुहरूलाई विश्वासघात गरेको आरोप लगाएको थियो । भारत–पाकिस्तान विभाजनका क्रममा मच्चिएको रक्तपातका लागि गान्धी दोषी भएको संगठनको आरोप थियो । सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएसँगै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए ।