पाकिस्तानका केही भागमा ६.३ म्याग्निच्युडको भूकम्प

   माघ १६, २०७९  
126 Shares

इशलामावाद, १६ माघ । अन्तरराष्ट्रिय समाचार एजेन्सीका अनुसार आइतबार पाकिस्तानका केही भागहरूमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पाकिस्तानको मौसम विभागले ६.३ म्याग्निच्युडका भूकम्पको केन्द्र बिन्दु ताजिकिस्तानमा रहेको सञ्चार माध्यमले जनाएको हो । तर, अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले भूकम्पको म्याग्निच्युड ४ दशमलव ४ मापन गरेको छ ।
भूकम्पको धक्का इस्लामाबाद र पाकिस्तानका अन्य क्षेत्रमा महसुस गरिएको थियो । कुनै पनि हताहतको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन्न । एजेन्सी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै