उपत्यकाको तिनवटै जिल्ला प्रशासन कार्यालयबाट अति आवश्यक बाहेका अन्य सेवाहरु एक साताको लागि भोलीबाट बन्द गर्ने निर्णय

   १२ बैशाख २०७८, आईतवार १६:३२  

तराई टप संवाददाता
रौतहट, १२ वैशाख । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
आइतबार बसेको प्रमुख जिल्ला अधिकारी काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार देखि नै लागु हुने गरी एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए । उनका अनुसार बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै