भारत शान्तिमा विश्वास गर्दछ युद्धमा होइनन् तर बाध्यात्मक अवस्थामा युद्धबाट पछि हट्ने छैनन्–रक्षामन्त्री राजनाथ सिंह

182 Shares

सियाङ (अरुणाचल) एएनआई । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत शान्तिमा विश्वास राख्दछ, युद्धमा विश्वास गर्दैनन तर यदि युद्ध बाध्य पारियो भने लड्न पनि तयार रहेको बताएका छन् ।
’हामी युद्धमा विश्वास गर्दैनौं, तर यदि हामी माथि बाध्य पारियो भने हामी लड्नेछौं । हामी यो सुनिश्चित गर्दैछौं कि राष्ट्र सबै खतराहरूबाट सुरक्षित छ । हाम्रा सशस्त्र बलहरू तयार छन् र बीआरओ (सीमा सडक संगठन) उनीहरू सँग काँधमा काँध मिलाएर हिँडिरहेको देख्दा खुशी लागेको छ,’ सियाङमा रक्षामन्त्री राजनाथ सिंहले भने । रक्षामन्त्री सिंहले बलियो र आत्मनिर्भर ’नयाँ भारत’ निर्माण गर्ने उद्देश्यले भविष्यका चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्नको लागि जोड दिए । उनले निरन्तर रूपमा विकसित विश्वव्यापी परिदृश्यलाई भारतले नियालीरहेको पनि बताएका छन् ।
’विश्वले आज धेरै द्वन्द्वहरू देखिरहेको छ । भारत सधैं युद्धको विरोध गर्दै आएको छ । यो हाम्रो नीति हो । भर्खरै, प्रधानमन्त्री नरेन्द्र मोदीले ’यो युद्धको युग होइन’ भनेका थिए,’ सिंहले भने । रक्षा मन्त्रीले सीमा क्षेत्रमा पूर्वाधार विकास मार्फत देशको सुरक्षा सुदृढ गर्न बीआरओले खेलेको महत्त्वपूर्ण भूमिकालाई जोड दिए । ’हालसालै, हाम्रा सेनाहरूले उत्तरी क्षेत्रमा प्रभावकारी रूपमा विरोधीको सामना गरे र बहादुरी र द्रुतताका साथ परिस्थितिलाई नियन्त्रणमा लिए ।
यो क्षेत्रको पर्याप्त पूर्वाधार विकासका कारण सम्भव भएको हो । यसले हामीलाई दुर्गम क्षेत्रको प्रगतिका लागि थप हौसला मिल्छ,’ उनले भने । अलंग–यिनकिङ रोडमा भएको कार्यक्रममा रणनीतिक रूपमा महत्वपूर्ण सियोम पुलको भौतिक उद्घाटन गरिएको थियो भने अन्य आयोजनाहरू राष्ट्रलाई समर्पित गरिएको थियो । सियोम ब्रिज एक अत्याधुनिक १०० मिटर लामो, अरुणाचल प्रदेशको सियोम नदीमाथिको ७० स्टिल आर्क सुपरस्ट्रक्चर सियोम ब्रिज हो । सो अवसरमा रक्षामन्त्रीले नयाँ प्रविधि सम्बन्धी कम्पेन्डियम पनि विमोचन गरेका थिए ।
यसले सडक, पुल, एयरफिल्ड र सुरुङ पूर्वाधार निर्माणमा अपनाइएको नवीनतम प्रविधिहरूलाई प्रतिकूल मौसम अवस्थाको साथ दुर्गम र प्रतिकूल भू–भागको प्रभावलाई कम गर्न सहयोग गर्दछ । जसले सिभिल ईन्जिनियरिङ् कार्यहरूको गुणस्तरलाई अनावश्यक असर कम गर्छ र काम पूरा गर्न सहयोगी हुन्छ । अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डु, सांसद अरुणाचल पूर्वी तापिर गाओ, पूर्वी कमाण्ड लेफ्टिनेन्ट जनरल आरपी कलिता र स्पियर कोर लेफ्टिनेन्ट जनरल आरसी तिवारी कार्यक्रममा सहभागी थिए ।

सम्बन्धित समाचार