गरिब र दलित परिवारलाई १÷१ थान कम्बल वितरण

149 Shares

मलंगवा, १६ माघ । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा अतिविपन्न, गरिब र दलित परिवारलाई १÷१ थान कम्बल वितरण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको तर्फबाट चिसो प्रभावित उनीहरुलाई कम्बल वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादव, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रमुख सेनानी अभिषेक कार्की, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सन्जिव सापकोटा लगायतले कम्बल वितरण गरेका जिल्ला प्रशासन कार्यालय मलंगवाको जनकारी दिए ।

सम्बन्धित समाचार