बर्थिङ सेन्टरलाई ५ लाख बढीको स्वास्थ्य सामग्र्री प्रदान

   माघ १६, २०७९  
118 Shares

बयलवास (सर्लाही), १६ माघ । सर्लाहीको ईश्वरपुर नगरपालिकाका ४ वटा स्वास्थ्य चौकीमा रहेका बर्थिङ सेन्टरलाई ५ लाख बढीको स्वास्थ्य सामग्र्री प्रदान गरिएको छ ।
ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नद्वारा संचालित समुन्नति परियोजना अन्तर्गत ४ वटा बर्थिङ सेन्टरलाई ५ लाख ८ हजार ९१६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुर, वडा नं. ४ सागरनाथ, वडा नं. ६ ईश्वरपुर र वडा नं. १४ गौरीशंकरमा रहेको बर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।
११५ जना गर्भवती महिलालाई पौष्टिक आहारसँगै साबुन, काइँयो, मन्जन, ब्रसलगायत सामग्री रहेको हाइजेनिक किट प्रदान गरिएको संस्थाकी फिल्ड अफिसर ममता मुर्मुले जानकारी दिईन् । मेयर मनोजकुमार आचार्य, स्वास्थ्य ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमा देवी न्यौपानेलगायत भएर पौष्टिक आहार र हाइजेनिक किट वितरण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै