बनदेवीमाइ गोल्डकप फुटबलको उपाधि चुमे

157 Shares

सर्लाही, १६ माघ । सर्लाहीको हरिवन युवा क्लबले धनुषाको बटेश्वरमा आयोजित ११ औँ बनदेवीमाई (अध्यक्ष) गोल्डकप फुटबल प्रतियोगितामा उपाधि चुमेको छ ।
फाइनल खेलमा सहलेश युवा क्लब, सिरहालाई २–१ गोलले पराजित गर्दै हरिवन युवा क्लबले १ लाख ५० हजार रूपैया सहित प्रथम उपाधी चुमेको हो ।
हरिवनको जितमा रवी पासवान एक्लैले दुई गोल गरेका छन् । नेपाल पुलिस क्लबमा आवद्ध रवीले खेलको मध्यान्तर अघि र इन्जुरी समयमा गोल गरेका थिए । सहलेशले आत्मघाती एक गोल उपहार पायो ।
उपबिजेता सहलेशले ५० हजार रुपैंयामा चित्त बुझाउनु परेको छ ।

सम्बन्धित समाचार