पाइरेसी सम्बन्धी विशेष कानुन बनाउन पहल

   माघ १६, २०७९  
147 Shares

काठमाडौं, १६ माघ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सुरक्षा र पाइरेसी सम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् ।
चलचित्र पत्रकार संघले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्डका अध्यक्ष भुवन केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने जनाए ।
अध्यक्ष केसीले बोर्डको गतिविधिलाई सही तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे ।
नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
उनले सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात गर्दै समयसापेक्ष प्रविधिको प्रयोगसँगै अबको पत्रकारिता अघि बढनुपर्नेमा जोड दिए । शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न इरा’ विषयमा भएको कार्यशालामा देशभरका १ सय भन्दा बढी पत्रकारको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै