लुकामारी खेल खेल्दै १५ वर्षका किशोर अर्को देश पुगे

259 Shares

बंगलादेश, १६ माघ । लुकामारी खेल खेल्दै १५ वर्षका एक किशोर ३७०० किलोमिटर टाढा अर्को देश पुगेको छ ।
६ दिन पछि उनी भेटिँदा मानिस अचम्ममा परे । यतिबेला किशोरको परिवार उनको खोज तलासमा जुटिरहे । घटना बंगलादेशको चटगाउँको हो जहाँबाट हराएका एक किशोर ६ दिन पछि मलेसियामा भेटिए ।
रिपोर्टका अनुसार १५ वर्षका फहिम आफ्ना साथीहरुसँग चटगाउँको बन्दरगाहमा लुकामारी खेलिरहेका थिए । यसैबीच उनले आफूलाई एक सिपिङ कन्टेनर भित्र बन्द गरे र त्यहाँ भित्रै सुते । उनी ब्यूँझिदासम्म कन्टेनर मलेसिया पुगिसकेको थियो । उनका परिवार न त्यहाँ काम गर्नेलाई यसबारे शंका लाग्यो ।
जब मलेसियाको पोर्टमा कन्टेनर खोलियो तब प्रशासनका मानिस अचम्ममा परे । त्यहाँबाट एउटा किशोर निस्किए । सोधपुछ गर्दा उनी बंगलादेशबाट भएको थाहा भयो । त्यसपछि त्यहाँको प्रशासनले यसको सूचना चटगाउँ बन्दरगाहका कर्मचारीलाई दिए ।
११ जनवरीमा गायब भएका फहिम १७ जनवरीमा बन्दरगाहमा भेटिए । एजेन्सी बरनामाका अनुसार मलेसियाका गृहमन्त्री दातुक सेरी सैफुद्दीन नस्युशन इस्माइलले यो घटनाको विषयमा बयान दिएका छन् ।

सम्बन्धित समाचार