कोभिड १९ को अटेरी गरेर बाहिर निस्कने आठै जिल्लामा ३५२४ जनालाई कारवाही, साढे तिन लाख राजस्व संकलन,

969 Shares

 

सपना झा

रौतहट, १२ वैशाख । कोभिड १९ दोश्रो लहर प्रारम्भ भएपछि संक्रामक रोग नियन्त्रण ऐन २०२० अन्तर्गत प्रदेश नम्वर २ को ८ वटै जिल्लामा स्वास्थ्यको मापदण्ड पुरा नगरी बाहिर निस्किएका ३५२४ जनालाई कारवाही गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामको सुचना अधिकृत एवं एसपी कृष्ण प्रसाईद्धारा हस्ताक्षरित विज्ञप्तीमा पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा स्वास्थ्यको मापदण्ड पुरा नगरी विना मास्क घर बाहिर बजारमा हिडडुल गरिरहेका उक्त मानिसहरुलाई ३ घण्टा सम्म होल्डिंग गरी अब उपरान्त मास्क लगाएर मात्रै घर बाहिर निस्कने शर्तमा प्रति व्यक्ति १०० का दरले जरिवाना लिई चेतावनी दिएर छाडिएको हो ।

कोभिड १९ को दोश्रो लहर सुरु हुनासाथ वैशाखको १ देखि ४ गते सम्म प्रदेशभरी व्यापक रुपमा माइंकिंग÷जिंगलको माध्यमबाट प्रचार प्रसार गरी आम नागरिकलाई सचेत गराइयो । वैशाख ४ देखि ११ गते सम्ममा ४४४५१ जनालाई होल्ड गरेर नेपाल सरकारद्धारा जारी गरिएको सामान्य स्वास्थ्यको मापदण्ड पुरा गरेर मात्रै बहिर निस्कन चेतावनी दिइयो । सोही अवधीमा १६९६९ जना महिला एवं पुरुषलाई सर्जिकल मास्क वितरण गरिएको प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भिडको मापदण्ड पुरा गर्न प्रदेश प्रहरीको अपिल

आठै जिल्ला प्रशासन कार्यालयद्धारा संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम अटेर गरेर विभिन्न बहानामा निस्किएका ३५५४ जना व्यक्तिलाई सर्जिकल मास्क वितरण गर्दै गरिएको कारवाहीबाट ३५२४०० राजस्व संकलन भएको हुँदा उक्त रकम नेपाल सरकारको राजस्व खातामा दाखिला समेत गरिएको बताइएको छ ।

नेपाल सरकारद्धारा तोकिएको मापदण्ड पूर्ण रुपमा पालना गराउन प्रदेश प्रहरी कार्यालय सवै संग अपिल गर्दै यदी संक्रामक रोग नियन्त्रण ऐन २०२० को विभिन्न बहानामा उलंघन गर्नेलाई उक्त ऐन अन्तर्गत कारवाही गरिने आठै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिसकेको प्रहरी प्रवक्ता एवं एसपी प्रसाईद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

(प्रशिक्षार्थी पत्रकार)

सम्बन्धित समाचार