त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा करिब ३५ लाख यात्रुहरु उडान गरे

   माघ १६, २०७९  
160 Shares

काठमाडौं, १६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा करिब ३५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार ३२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेको हो ।
कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी छ । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार ९२९ जना रहेको थियो ।
तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ । यो नेपाली नागरिक र पर्यटकको संयुक्त संख्या हो । यस विमानस्थलबाट एक वर्षको अवधिमा १९ लाख ३१ हजार ५१७ जना यात्रु प्रस्थान गरेका हुन् । यसरी विमानस्थलले एक वर्षको अवधिमा ३४ लाख ८८ हजार ३२८ जना अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको छ ।

एक वर्षमा त्रिभुवन विमानस्थलबाट वायुयानहरुले २ करोड ६६ लाख ७६ हजार ७८० किलो कार्गो ओसारेका छन् । जसमध्ये १ करोड ३२ लाख ४ हजार ७७० किलो सामान नेपाल भित्रिएको छ । १ करोड ३४ लाख ७२ हजार १० किलो सामान बाहिरिएको प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै