बालनिकेतन मावीमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता आरम्भ

149 Shares

चन्द्रपुर (रौतहट), १६ माघ । चन्द्रपुर नगरपालिका स्थित बाल निकेतन माध्यमिक बिद्यालयमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता संचालन भएको छ ।
६८ औ सहिद दिबसको अबसरमा आयोजना गरिएको १८ औ सप्ताह ब्यापी खेलकुद प्रतियोगिताको उदघाटन गरिएको हो । उदघाटन र्नु हुदै संबिधान सभा सदस्य एवं नेकपा एसका नेता रामकुमार भट्टराईले बिद्यालयमा अध्यनरत बिद्यार्थीको स्मरणशक्ति तथा शारिरीक बृद्धिका लागि खेलतर्फ आकर्षित हुन जरुरी रहेको बताए ।
सो बिद्यालयका निर्देशक दिपक रेग्मिको सभापतित्वमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक सन्तु प्रसाद जैयसवार, रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी, प्याब्सनका केन्द्रिय सदस्य डिबी थापा, चन्द्रपुर नगर प्याब्सनका अध्यक्ष लोक बहादुर श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरिक्षक राजिब बिक, संचारकर्मी सञ्जय कार्की, फणि महत, बालबिक्रम कार्की, मुकेश साह साथै बिधार्थी, शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार