सडकमा पार्किङ को विषयलाइ लिएर व्यापारीद्वारा बजार बन्द

   माघ १६, २०७९  
153 Shares

विराटनगर, १६ माघ । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् ।
मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् । सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले बताए ।
महानगरपालिकाले बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ बनाउने अभियान सञ्चालन गरिरहेको छ । मुख्य बजार क्षेत्रमा विकल्प नदिई पार्किङ निषेध गरेपछि आन्दोलनमा उत्रिनु परेको उनले बताए ।
महानगरपालिकाले शनि मन्दिर जलजला चोक, देखि महावीर रोड सम्मको क्षेत्रलाई पार्किङ निषेधित घोषणा गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै