‘आउँ सँगै झुमी नाचौँ’ गीत सार्वजनिक

137 Shares

काठमाडौँ, १७ माघ । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालको स्वर रहेको डान्सिङ गीत ‘आउँ सँगै झुमी नाचौँ’ बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक भएको भिडियोमा पछिल्लो समयका व्यस्त मोडेल सुधीर श्रेष्ठ र मल्लिका राजोपाध्याय मुख्य भूमिका रहेको हो । सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ भन्ने मूल भाव बोकेको भिडियो पनि डान्सिङ शैलीमा निर्माण गरिएको छ ।
अहिले युवापुस्तामा वितृष्णा एवं नैराश्य बढिरहेको समयमा गीतसङ्गीतका माध्यमबाट सकारात्मक ऊर्जा प्रदान गर्न गीत बनाएको गायक श्रेष्ठले बताए ।

सम्बन्धित समाचार