फिल्म ‘पशुपति प्रसाद’ को ७ वर्षपछि सिक्वेल घोषणा

121 Shares

काठमाडौँ, १७ माघ । सुपरहिट फिल्म ‘पशुपति प्रसाद’ को ७ वर्षपछि सिक्वेल घोषणा भएको छ ।
निर्माण कम्पनी टुकी आर्टसले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सिक्वेल को रूपमा ‘पशुपति प्रसाद २ः भीष्मे डन’ निर्माण घोषणा गरेको हो ।
‘पशुपति प्रसाद’ मा अभिनेत्रीको रूपमा रहेकी वर्षा सिवाकोटी रहेकी थिइन् । फिल्मको सिक्वेलमा भने अभिनेत्री स्वस्तिमा खड्का रहने घोषणा गरियो । आफ्नो हिट फिल्मको सिक्वेलमा आफू नहुँदा कार्यक्रममा उनी केही खिन्न देखिन्थिन् ।
कार्यक्रममा उनलाई सिक्वेलमा नहुँदा कस्तो लागिरहेको छ ?’ भन्ने मिडियाको प्रश्न थियो । जवाफमा उनले आफूलाई खिन्न लागेको दिएकी दिइन् । ‘पहिले त फिल्ममा नहुने कुरोले खिन्न लागेको थियो’ उनले भनिन्, ‘तर आफ्नो जोडी भीष्मे डन नभएर पशुपति प्रसाद भएको हुँदा आफू नहुनु स्वाभाविक हो ।’
लामो समयपछि कार्यक्रम मार्फत मिडियामा देखिएकी छिन् । डिभोर्सको चर्चापछि मिडियाबाट टाढा रहँदै आएकी उनले ७ वर्ष अगाडि रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को केक समेत काटेकी थिइन् । ‘पशुपति प्रसाद–२ ः भीष्मे डन’ दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् ।

सम्बन्धित समाचार