पाकिस्तानको पेसावरमा विष्फोटमा परेर मृत्यु हुनेको संख्या ५९ पुगे

   १७ माघ २०७९, मंगलवार १४:४३  

पाकिस्तान, १७ माघ । पाकिस्तानको पेशावरमा विष्फोट भएको कारण ५९ जनाको मृत्यु र १५७ जना घाइते भएका छन् ।
प्रहरी कार्यालय परिसर भित्र रहेको मस्जिदमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो ।
मस्जिद रहेको क्षेत्र सबैभन्दा बढी नियन्त्रित क्षेत्र मध्ये एक हो । यहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरोका कार्यालयहरु रहेका हुन् ।

उच्च सुरक्षा प्रवन्ध मिलाइएको क्षेत्रमा भएको विष्फोटपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै आतंकवादीहरुले पाकिस्तानको रक्षा गर्नेहरुलाई निशाना बनाएर डर पैदा गर्न खोजेको बताए । शरीफले आतंकवाद विरुद्ध पूरा देश एकजुट रहेको भने ।
पेशावरका प्रहरी प्रमुख मोहम्मद एजाज खानले स्थानीय मिडियालाई बताएअनुसार विष्फोटको समयमा उक्त क्षेत्रमा ३०० देखि ४०० प्रहरीहरु रहेको अनुमान छ ।
तालिबानले गत नोभेम्बरमा पाकिस्तानमा युद्धविराम अन्त्य भएको घोषणा गरेको थियो । त्यसयता हिंसाका घटना भइरहेका छन् । गत डिसेम्बरमा पनि पेशावरमै एक प्रहरी स्टेशनमा आक्रमण भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै