मुख्यमन्त्रीको सल्लाहकारमा डिपी ढकालको नियुक्त

165 Shares

हेटौंडा, १७ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डिपी ढकालको नियुक्त भएका छन् ।
मंगलवार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भक्तपुरका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकाल पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत रहेको छ । उनले माओवादीको केन्द्रीय घोषणा पत्र लेखन समितिका सदस्य भएर काम गरेका थिए ।
उनले हालै ‘समाजवाद र नेपाल’ नामक पुस्तक सार्वजनिक गरेका थिए । हालसम्म उनका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।

सम्बन्धित समाचार