प्रचण्ड र रवि लामिछाने बिच आज बिहान भेटवार्ता

238 Shares

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछाने बिच आज बिहान भेटवार्ता भएको छ ।
नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रवि लामिछानले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्ड सँग भेट भएको हो ।
रास्वपाले पुनः गृहमन्त्री माथि दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु सार्वजनिक भइरहेका छन् । आजको भेटमा यिनै विषयमा छलफल भएको अनुमान छ । प्रधानमन्त्री र रविको तर्फबाट भेटमा भएका कुराकानी विषय सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचार