ट्राफिक कार्यालयमा डोजर चल्यो

   माघ १७, २०७९  
118 Shares

पोखरा, १७ माघ । पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित साविक अस्थायी ट्राफिक कार्यालयमा मंगलबार डोजर चलाएको छ ।
‘पोखरा घर’ को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बनाउने महानगरको योजना छ ।
महानगरले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ पनि विनियोजन गरिसकेको छ । पोखरा घर २ रोपनी क्षेत्रफलमा बन्नेछ । महानगरले यसअघि नै पोखरा घरमा आर्ट ग्यालरी र पुस्तकालय सार्ने भन्दै भदौ २३ गते महेन्द्रपुल स्थित ग्यालरी र पुस्तकालय भत्काएको थियो ।
‘पोखरा घर’ बनाउने उक्त जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरेको थियो । तर त्यहाँ लामो समयसम्म ट्राफिक कार्यालय रहयो । करिब २ वर्ष अघिमात्र ट्राफिक कार्यालय नयाँ भवनमा सरेको छ ।
पोखरा जस्तो सहरमा पुस्तकालय र ग्यालरी पनि चाहिन्छ । यहाँ दुई वर्ष भित्रै पोखरा चिनाउने पोखरा घर बनाउने योजनामा छौं,’ पोखरा वर्डा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले भने, यो पर्यटकका लागि पोखरा चिनाउने सूचना केन्द्र पनि हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै