बालविवाह गराउने कार्यमा संलग्न तीन काश्मीरी नागरिक पक्राउ

175 Shares

सप्तरी, १७ माघ । बालविवाह गराउने कार्यमा संलग्न रहेको आरोपमा सप्तरीमा प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको जम्मु कश्मीरका ४० वर्षीय मो रफिक खार, सोही ठाउँका २७ वर्षीय नुर जहान र ४१ वर्षीय गुलाब जिलानी रहेकी छिन् ।
राजगढ गाउँपालिका वर्डा नं. २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो गाउँपालिका–१ की १७ वर्षीया किशोरी सँग विवाह गराई चारैजना भारततर्फ जाँदै थिए ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बनैनियामा खटिएको टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार