मकबानपुर प्रहरीको ठूलो सफलता, ठूलो परिमाणमा लागुऔषधको खेती नष्ट

228 Shares

हेटौंडा, १७ माघ । मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० बिघा अफिम र २८ बिघा १० कठ्ठा गाँजा खेतीलाइ नष्ट गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गाँजा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएको हो ।
प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाईएको गाँजा नष्ट गरेको बताए । कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ बिघामा लगाईएको अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार