फुलतारा डेरीमा प्रहरी प्रशासनको छापा, ठूलो परिमाणमा अखाद्य बस्तु बरामद

634 Shares

रौतहट, १७ माघ । गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारेर ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेका छन् ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्र टोलीले गौर नगरपालिका वडा नम्वर ५ पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योेगमा मंगलवार छापा मारेका हुन् ।

उक्त कार्यमा संलग्न डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर बस्ने हाल आफ्नै घरमा डेरी संचालन गरेका महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणको बुझिएको घटनास्थल श्रोतले बतायो।
संचालक मतिउल्लाह सहित त्यहाँ कार्यरत २ जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार सोधपुछको क्रममा विभिन अखाद्य पदार्थ भारतबाट विभिन्न चोेर बाटो भएर नेपालमा भित्रयाइएको बुझिएको छ ।
उक्त डेरीमा अखाद्य पदार्थको प्रयोगबाट तयार पारिने घिउ गौर, काठमाडौं सहित मुलुकको विभिन्न भागमा सप्लाई गर्ने गरिएका थिए । अखाद्य पदार्थ मिसिएका घिउ, दुध, मिठाई लगायतका सामान किन्न ठूलो भिड हुने उक्त डेरीको कर्तुत थाहा भएपछि गौर नगरवसीहरु चकित भएको स्थानीय समाजसेवीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले प्राप्त सुचनाको आधारमा प्रहरीले छामा मारेको स्वीकार्य गर्दै त्यहाँ बरामद भएको अखाद्य बस्तुहरुको परिक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम संचालक सहित दाषिहरुलाई कारवाही गरिने बताए ।
खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सर्लाही रौतहटलाई खवर गरिसकेको तथा सम्भवत बुधवार आएर त्यसको परिक्षण गरेर कारवाही प्रक्रिया अघि बढाइने छ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मानव शरिरलाई हानी पुर्याउने खाद्य पदार्थमा अखाद्य बस्तुहरु मिसावट गरेर विक्री वितरण गर्दै आएको उजुरी परेपछि प्रहरी र प्रशासन कार्यालयका कर्मचारीको रोहवरमा फुलतारा डेरी उद्योगमा छापा मारिएको बताए । बरामद भएको बस्तुहरुको परिक्षण गरेर कानुन बमोजिम कारवाही हुने स्पष्ट पारे ।
स्मरणीय छ की, केही साता अघि यस्तै अखाद्य पदार्थ मिसिएका घिउ रौतहटको इशनाथ नगरपालिकाको मठियाबाट सशस्त्र प्रहरीले २७ वटा ड्रम बरामद गरेका थिए । उक्त अखाद्य घिउ फुलताराकै रहेको प्रहरी श्रोतले जनाएको छ ।

तस्वीर फिचर, हेर्नुहोस ।

सम्बन्धित समाचार