२ प्रमुख र ५ उप्रमुख माओवादीको साधारण सदस्यबाट निष्कासित

   बैशाख १४, २०७८  
519 Shares

तराई टप संवाददाता
रौतहट, १४ बैशाख । दलबदल गरेर पार्टी हित विपरित काम गरेकोमा स्थानीय तहको दुई जना प्रमुख र ५ जना उप प्रमुखलाई साधारण सदस्य नरहने गरी नेकपा माओवादी केन्द्रले निष्काशित गरेको छ ।
२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्माचनमा नेकपा माओवादी केन्द्रको टिकट लिई निर्वाचित भएका मौलापुर नगरपालिकाको प्रमुखमा रिना साह र कटहरिया नगरपालिकाको प्रमुखमा सियाराम कुश्वाहालाई दलबदल गरेर एमालेमा गएको हुँदा दुवैजनालाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ दिन २४ घण्टाको समय दिएका थिए तर उनीहरुले चित्तबुझ्दो स्पष्टिकरणको जवाफ नदिदा पार्टी केन्द्रमा उनीहरु विरुद्ध कारवाही गर्न पत्राचार गरिएको माओवादी जिल्ला इञ्चार्ज युवराज भटराई (समिर) ले बताए ।


जिल्ला इञ्चार्ज भटराईका अनुसार मौलापुर र कटहरियाको प्रमुखहरुलाई आज साँझ सम्म पार्टी केन्द्रबाट साधारण सदस्य नरहने गरी निष्कासित गरी निर्वाचन आयोगलाई जानकारी गराउने उनले स्पष्ट पारे । यसैगरी नेकपा माओवादी केन्द्र रौतहट जिल्ला समिति सदस्य तथा माधवनारायण नगरपालिकाको उपप्रमुख सिमलकुमारी साह, फतुवाविजयपुर नगरपालिकाको उपप्रमुख कान्ति देवी, मौलापुर नगरपालिकाको उपप्रमुख गौरीशंकर प्रसाद जयसवाल, देवाहीगोनाही नगरपालिकाको उपप्रमुख परनिया देवी र यमुनामाइ गाउपालिकाको उपाध्यक्ष गीतादेवी साहलाई पार्टी अध्यक्ष पुष्पकमल दहालको हस्ताक्षरित पत्रबाट हिजो सोमवार जारी गरिएको विज्ञप्ती मार्फत साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै