महेन्द्रनगरको हिरासत फोडेर भागेको ६ जना मध्ये ३ जना थुनुवा पक्राउ

   माघ १८, २०७९  
150 Shares

जनकपुरधाम, १८ माघ । धनुषा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेको ६ जना मध्ये ३ जना थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरु मिथिला नगरपालिका वर्डा नं. २ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका वर्डा नं. ६ का रोशनकुमार महतो हुन् ।
अभद्र व्यवहार तथा शान्ति सुरक्षा विरुद्धको मुद्दा हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए ।
३ जना पक्राउ परेको र बाँकी ३ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै