क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिए

   माघ १८, २०७९  
226 Shares

पोखरा, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएको छ ।
२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा थिए ।
नेपाल टी–२० लिगमा प्रक्रिया संगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरुले मंगलबार अध्यक्ष चतुरबहादुर चन्द सहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए ।
पोखरामा आयोजित क्यानको बैठक मंगलबार ढिला गरी सुरु भएको थियो । बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै