उच्च रक्तचापको समस्या बढदै गएपछि बिरामीको अवस्था हेरेर औषधि दिने

176 Shares

काठमाडौं, १८ माघ । उच्च रक्तचापको समस्या बढदै गएपछि औषधि खानु नै यसलाई नियन्त्रण गर्ने एक मात्र विकल्प छ ।
कुनै खास लक्षण नदेखिने भएकाले उच्च रक्तचापको बिरामी यसप्रति गम्भीर हुँदैनन् र बेवास्ता गर्न पुग्छन् ।
शरीरका अन्य भागमा रगत पु¥याउने धमनीमा रक्त प्रवाहको क्रममा चाप बढदा उच्च रक्तचाप भएको देखिन । जसका कारण मुटु, फोक्सो, मिर्गौला जस्ता शरीरका अति संवेदनशील अंग खतरामा पर्छन् ।
उच्च रक्तचापको औषधि विभिन्न प्रकारका हुन्छन् । बिरामीको अवस्था हेरेर औषधि दिइने भएकाले एउटै परिवारमा दुई जना उच्च रक्तचापको समस्या भएका छन् भने पनि उनीहरूलाई फरक–फरक औषधि दिइने डा. विष्ट बताउँछन् ।
‘रक्तचापले बिरामीे हुँदा मुटुमा कस्तो असर गरेको छ, मस्तिष्कमा कस्तो असर गरेको छ कि छैन । मिर्गौलाको अवस्था कस्तो छ, मुटुको चालको अवस्था कस्तो छ र मुटुको भल्बहरूको अवस्था हेरेर औषधी दिइने भएकाले व्यक्तिपिच्छे औषधि फरक हुन सक्ने भयो,’ उनी भन्छन् ।
उच्च रक्तचापका लागि नेपालमा प्रचलित औषधि कम्पनीमा क्वेस्ट फर्मास्युटिकल्स, लापेन फर्मास्युटिकल्स, नेसनल हेल्थ केयर प्रालि, एभरेस्ट मेडिसिन कम्पनी लगायत रहेको डा. विष्ट बताउँछन् ।

सम्बन्धित समाचार