क्रिकेट संघको साधारणसभा फागुन १५ गते देखि सुर्खेतमा आयोजना हुने

   माघ १८, २०७९  
155 Shares

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४–१५ गते देखि सुर्खेतमा आयोजना हुने भएको छ ।
पोखरामा बसेको कार्यसमिति बैठकले अर्को महिना वार्षिक साधारण सभा गर्ने निर्णय गरेको कोषाध्यक्ष रोशनबहादुर सिंहले जानाएको हो ।
नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्री सँगको सम्झौता रद्द गर्नेबारे साधारण सभाले निर्णय गर्नेछ ।
अघिल्लो वर्ष फागुनमा भएको साधारण सभाले पारित गरेपछि सेभेन थ्रीसँग सम्झौता भएको हो । अब उसँगको सम्झौता कायम राख्ने नराख्नेबारे निर्णयको अधिकार पुनः साधारण सभालाई नै दिने बोर्डले निर्णय गरेको छ,।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै