बौद्ध स्थित फुलबारीमा आगो लागे

   माघ १८, २०७९  
121 Shares

काठमाडौँ, १८ माघ । बौद्ध स्थित फुलबारीमा आगो लागेको छ । गएराति साढे १० बजेतिर हयाण्डीक्राफ्ट बनाउने टहरामा लागेको आगो सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको हो ।
आगलागीमा ७ वटा दमकलको सहयोग नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीबाट हयाण्डीक्राफ्टको सामान जलेको छ ।
तत्काल उद्दार गरेर प्रहरीले मानवीय क्षति हुनबाट रोकेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै