ढल फुटेर दुर्गन्ध फैलिए

   माघ १८, २०७९  
111 Shares

काठमाडौँ, १८ माघ । सिंहदरबारको पूर्वी गेटको अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगटदा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।
ढलका कारण सडक हिलाम्म भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नु परेको छ ।
सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ । हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढल व्यवस्थापनका लागि कुनै पनि पहल गरेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै