‘थलापति ६७’ फिल्मको मुख्य भुमिकामा सञ्जय दत्त

123 Shares

मुम्बई, १८ माघ । बलिउड अभिनेता सञ्जय दत्त हिरो र भिलेन दुवै चरित्रमा अब्बल अभिनय गरेको छ ।
सञ्जय अब साउथ अभिनेता थलापति विजयको फिल्म ‘थलापति ६७’ मा पनि भिलेनका रुपमा देखिने भएको हो । फिल्मको निर्देशन लोकेश कगनराजले गर्ने छन् ।
फिल्मका निर्माता जगदीशले आफ्नो टवीटर हेण्डलमा फिल्ममा सञ्जयको लुक्सको पहिलो झलक सार्वजनिक गरेका हुन् । ‘सञ्जय दत्त सर तपाईंले हामीलाई पहिलो भेटमै निकै सहज महसुस गराउनु भएको छ ।
जगदिशले सञ्जयको जुन तस्बिर सेयर गरेका छन्, त्यसमा सञ्जयको भनाइलाई पनि लेखेका छन् । ‘जब मैले थलापति ६७ को वान लाइनर सुनें, त्यही बेला म यो फिल्मको हिस्सा हुनुपर्छ भन्ने निर्णय लिइसकेको थिएँ ।
कामको कुरा गर्दा सञ्जयले सन् २०२२ मा यशको फिल्म ‘केजीएफ २’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र रणवीर कपुरको फिल्म ‘शमशेरा’मा देखिएका थिए ।

सम्बन्धित समाचार