zoom download w10 zoom cloud hd meetings app download zoom meeting download app windows 10 zoom download mc download zoom meeting desktop zoom hacked download

कोरोनाबाट ७० बर्षिय वृद्धको मृत्यु, भारतबाट प्रवेश गर्ने सिमा खुला रहदा जोखिम बढे

   १४ बैशाख २०७८, मंगलवार १२:४७  

तराई टप संवाददाता
रौतहट, १४ बैशाख । कोभिड १९ बाट संक्रमित भएका एक ७० बर्षिय वृद्धको मृत्यु भएको छ ।
रौतहटको गौर नगरपालिका २ महादेवपटी घर भएका ७० बर्षिय वृद्धको सोमवार राति मृत्यु भएको हो । वृद्ध धेरै दिन देखि दमको रोगी रहेको गएराति स्वास लिन गाह्रो हुन थालेपछि उनका आफन्तले उपचारको लागि गौर अस्पतालमा लैजान लाग्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
कोभिड १९ को दोस्रो लहर फैलिएसँगै रौतहटमा पनि कोरोना संक्रमितहरु ह्वात्तै बढेको छ । तीन दिन अघि मात्रै कोरोना मृतक वृद्धलाई कोरोना भाईरसबाट संक्रमित भएको पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक वृद्धको घर नेपाल भारत सिमा क्षेत्रमा अवस्थित महादेवपटिमा रहेको छ तर मुख्य नाका बन्द भएपछि अहिले सोही नाका भएर भारतबाट ओहरदोहर गर्नेहरुको विहानै देखि लर्को लागेको देखिन्छ ।
भारतमा कोरोना महामारीको सुनामी आएपछि महाराष्ट्र, नयाँ दिल्ली, पंजाव, उत्तरप्रदेश, हरियाणा लगायतको स्थानमा राजगारी गर्न गएका नेपाली नागरिकहरु धमाधम फर्किरहदा महादेवपटि, वेलविछवा, वन्जरहा लगायतको नाकाहरुबाट आउने क्रम जारी रहेको हुँदा उक्त नाकाहरु अविलम्ब बन्द गरिएन भने ठूलो भयाभय हुने अवस्था हुने विज्ञहरु बताउँछन् ।
मंगलबार बिहान सम्म ७१ जना पुरुष २१ जना महिला गरी ९२ जना कोरोना संक्रमित पुष्टि भईसकेका छन् । संक्रमितहरु हाल होम आइसोलेसनमा नै बसिरहेका छन । कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि जिल्ला अस्पताल गौरमा भेन्टिलेटर सहितको आईसोलेसन संचालनको तयारी सुरु गरिएको प्रजिअ यादवले जानकारी दिए । पछिल्लो समय गौर र फतुवा विजयपुर नगरपालिकामा कोरोना संक्रमित पुष्टि भएका व्यक्तिहरु बजारमा किनमेल गर्न वा घरबाहिर घुमफिर गरिरहेको सूचना आएकोमा तिनीहरु माथि पनि विशेष निगरानी राख्न प्रहरीलाई निर्देशन दिइसकेको उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै