गृहमन्त्री कसलाइ बनाउने विषय प्रधानमन्त्रीको अधिकार

138 Shares

काठमाडौं, १८ माघ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गृहमन्त्री कसलाइ बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएको छ ।
गृहमन्त्री कसलाई बनाउने दबाव दिने कुरा भएको छैन । यसबारे छुट्टै परामर्श लिनु परेन । प्रधानमन्त्रीको कुरा हो’ बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ब्रिफिङ सुनेपछि गुरुङले भने । अब गृहमन्त्री बनाउँदा विकल्प खोज्नुपर्ने अवस्था आएको पनि महासचिव गुरुङ बताउँछन् ।
सर्वोच्च अदालतले गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । त्यसपछि रवि लामिछानेले प्रक्रिया पु¥याएर नागरिकता पनि लिइसकेका छन् ।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली सँग भेटेर छलफल गरेका छन् । यही विषयमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र सँग समेत छलफल गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार