भारतको चालु आर्थिक बर्षमा ६.१ प्रतिशतले वृद्धि हुने आईएमएफको प्रक्षेपण

158 Shares

नयाँ दिल्ली, एजेन्सी । चालु आर्थिक बर्षमा भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत पुग्ने अन्तरराष्ट्रिय मुद्रा कोष ( आईएमएफ) ले प्रक्षेपण हुने जनाएको छ ।
यो वर्षको अप्रिल महिना देखि अर्को वर्षको मार्च सम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.१ प्रतिशतको सेरोफेरोमा रहने आईएमएफले प्रक्षेपण गरेको हो ।
आईएमएफले सार्वजनिक गरेको ‘विश्वको आर्थिक परिदृश्य’ मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत, सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशत हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार