सम्पती शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने तयारी

   माघ १८, २०७९  
124 Shares

काठमाडौं, १८ माघ । सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्ने बनेको विधेयकलाई फास्ट टर्याकमा अघि बढाउने भएको छ ।
शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषदको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट टर्याकमा अघि बढाउने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आइतबार सम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद् पेस गर्ने र मन्त्रिपरिषदले फास्ट टर्याकमा संघीय संसदमा पठाउने बताए ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान, मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न मन्त्रालयको सचिव उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै