महोत्तरीमा ५ बिचौलिया पक्राउ

   माघ १८, २०७९  
179 Shares

महोत्तरी, १८ माघ । महोत्तरीे प्रहरीले भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा मटिहानी नगरपालिका वर्डा नं. ९ का ५२ वर्षीय अजिमउदिन अंसारी, सोनमा गाउँपालिका वर्डा नं. २ का ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका वडा नं. १ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका वर्डा नं. ४ का ५४ वर्षीय सुरेश गोप तथा बलवा नगरपालिका वर्डा नं. १० का ३८ वर्षीय अमित कुमार मल्लिक रहेका छन् ।
यिनीहरुलाई भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरको अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि प्रलोभन देखाइ पैसा बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै