९३ जना प्रहरी कोरोना संक्रमित

   १४ बैशाख २०७८, मंगलवार १३:३४  

तराई टप संवाददाता
काठमाडौं, १४ वैशाख । कोरोना भाइरस संक्रमणको दोश्रो लहर सुरु भएयता नेपाल भरीका ९३ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए । सोमबार सम्म नेपाल भरीमा ९३ प्रहरीहरू संक्रमित भइसकेको उनले स्पष्ट पारे । प्रहरीमा संक्रमित संख्या शुन्य भइसकेको थियो तर अहिले फेरी देखिन थालेको एसएसपी कुँवरले भने । संक्रमितहरुको उपचार भईरहेको बताए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा २२ जना संक्रमण देखिएको रानी पोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले तराई टप अनलाईनलाई जानकारी दिए । रानी पोखरीको मातहतका कार्यालयमा कार्यरत प्रहरी, ट्राफिक प्रहरीमा संक्रमण देखिएको छ । कहीँ एक जना कहीँ दुई जनामा संक्रमण देखिएको उनले भने ।
कोरोना संक्रमणकै कारण केही प्रहरी अधिकारीहरूको मृत्यु समेत भइसकेको छ । पछिल्लो केही समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको हुँदा सचेत एवं सजग भई नेपाल सरकार स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड पुरा गरेर मात्रै बाहिर निस्कन प्रहरीले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै