मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

154 Shares

धनुषा, १८ माघ । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव सहित ४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको ३ साता बित्दा समेत विस्तार हुन सकेको छैन ।
सत्ता साझेदार दलहरूबीच कसले कुन मन्त्रालय पाउने विषयमा सहमति हुन नसक्दा सरकार विस्तारमा समस्या देखिएको छ ।
सत्तारुढ दलहरूबीच पाँच प्रदेश सभा सदस्य बराबर एक मन्त्रालय दिने समझदारी भएको थियो । तर‚ एउटै मन्त्रालयमा दुई पार्टीले दाबी गरेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।
नेकपा माओवादी केन्द्रले मधेशमा सामाजिक विकास सहित २ मन्त्रालय माग गरेको छ । मधेशमा सत्ता साझेदार मुख्य दल नेकपा (एमाले) र सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)बीच यसबारे छलफल भइरहेको छ ।
जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश यादवले ‘हामीले सामाजिक विकास मन्त्रालय मागेका छौँ । यसमा सहमति जुटेपछि हाम्रो पार्टीको तर्फबाट मन्त्री बन्नेको नाम छिट्टै पेस हुन्छ ।’ यही माघ १३ गते जनमत पार्टीबाट मन्त्री बनेका इन्जिनियर बसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार