एक राउण्ड गोली हवाई फायर गरेर फरार अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरे

254 Shares

रौतहट, १८ माघ । गौर नगरपालिका वडा नम्वर २ बकैया खोला पारी केराघारीमा लकेर बसेका फरार अभियुक्त मध्ये एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट बुधवार दिउसो ३.६ बजेको समयमा खटिएको प्रहरीले बकैया खोला पारी केराघारीमा जाँदा अभियुक्त मध्ये एकजनाले प्रहरी माथि चाकु प्रहार गरेर भाग्न सफल भएको छ भने प्रहरीले एक राउण्ड गोली फायर गरेपछि अर्को व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
चोरी डाका अपराधमा फरार अभियुक्तको सुचीमा रहेका गौर नपा ५ का दुई जना खोला पारी केराघारीमा लुकेर बसेको खबर पछि प्रहरी पुगेर नियन्त्रणमा लिन खोज्दा चाकु प्रहार गरेपनि प्रहरी घाईते नभएको तथा एक जनालाई अभुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

सम्बन्धित समाचार