त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुन सहित एक बिदेशी नागरिक पक्राउ

121 Shares

काठमाडौं, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १ सय ३५ ग्राम सुन सहित क्यानडाका एक युया पक्राउ परेको छ ।
गएराति दुबईबाट काठमाडौं आएका मोहम्मद कमाल माहगौबलाई भन्सारमा एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।
उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १ सय ३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका उनी फ्लाई दुबईको एफ जेड–२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं ओर्लिएका थिए ।

सम्बन्धित समाचार